दाङमा साढे ४ लाख नगदसहित २० जुवाडे पक्राउ

घोराही, १५ कार्तिक । दाङमा प्रहरीले साढे ४ लाख बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ सझेनास्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले ४ लाख ६४ हजार ८८१ रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

गोप्पे सूचनाका आधारमा उनीहरुलाई आइतवार राति नगद, तासलगायतका सामग्रीहरु वरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित