दाङमा साढे ४ लाख नगदसहित २० जुवाडे पक्राउ

घोराही, १५ कार्तिक । दाङमा प्रहरीले साढे ४ लाख बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १८ सझेनास्थित यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई प्रहरीले ४ लाख ६४ हजार ८८१ रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो ।

गोप्पे सूचनाका आधारमा उनीहरुलाई आइतवार राति नगद, तासलगायतका सामग्रीहरु वरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित