दाङमा ट्रक र बस एकआपसमा ठोक्किदा १२ जना घाईते


घोराही, १८ असोज । दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टीमा शनिवार विहान ट्रक र बस ठोक्किदा १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिम आउदै गरेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठोकिएर १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टीमा शनिवार विहान २ बजेतिर भएको दुर्घटनामा १२ जना घाईते भएका हुन् । गम्भीर घाइते मध्ये बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चौधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गौरीगंगा नगरपालिका १० निवासी १९ वर्षिय प्रिति चौधरीलाई कोलपुर रेफर गरिएको छ भने
अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घरफर्किसकेको प्रहरीले बताएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित