घोराहीको क्वारेन्टाइनमा पाँच सय केजी तरकारी सहयोग


घोराही, १२ जेठ । थारु कल्याणकारिणी सभा दाङको समन्वयमा ओखरा कृषि सहकारी संस्थाद्धारा उत्पादित पाँचसय केजी तरकारी घोराही उपमहानगरपालिकमा भित्र निर्माण गरिएको क्वारेन्टाइमा सहयोग गरिएको छ ।


आइतबार घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपाने सिग्देललाई उक्त तकारी हस्तान्तरण गरिएको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले जानकारी दिए । उनका अनुसार काँक्रा, टमाटर, लौका लगायत तरकारी सहयोग गरिएको हो ।


कोरोनो प्रभावित क्वारेन्टाइनमा बस्ने नागरिकहरुलाई सहज होस भनेर आफुहरुले सक्ने सहयोग गरेको ओखरा कृषि सहकारी संस्थाका अध्यक्ष दिनेश चौधरीले बताए ।
‘यो बिपत्तिको बेला सानो सहयोग पनि राज्यलाई केहि सहयोग हुने भएकोले आफुहरु स्थानिय सरकार र थारु कल्याणकारिणी सभासंग समन्वय गरेरे उपमहानगरपालिका मार्फत क्वारेन्टाइनमा बस्ने दाजुभाइ तथा दिदीवहिनीहरुलाई तरकारी सहयोग गरेको हौं, उनले भने–‘हामीलाई यो सहयोग गर्न पाउदा धेरै खुशी छौ । ’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित