हेकुलीको अघवामा पुनः चौधरी, भोलीदेखि कुला–नाला सफाई गर्ने

दंगीशरण, २५ हेकुली । दंगीशरण गाउँपालिका वडा नं. ३ हेकुली गाउँको अघवामा पुन: संचलाल चौधरी चयन भएकाछन् । महटवा नारायण चौधरीको अध्यक्षतामा बसेको भेलाले चौधरीलाई अघवामा सर्वसवम्मतले चयन गरेको हो ।

यसैगरि भेलाले भोली जेठ २६ गतेदेखि कुला–नाला सफाई गर्ने निर्णय गरेको छ । करिब ५ सय विघाको सिचाईको लागि हरेक वर्ष यसै समयमा गाउँका किसानहरुले कुलानाला ससफाई गर्दै आएकाछन् । यसवर्षको कुलोनाला सफाईको लागि भोली २६ गतेदेखि गर्ने निर्णय भएको भेला पछि अघवा संचलाल चौधरीले जानकारी दिए । उनले कुलो सफाईको लागि करिब चारसय जनाको सहभागिता हुने गरेको वताए । ‘मैले सवैलाई जानकारी गराइसेको छु, खबर नपाएकाले यहि समाचार हेरेर भोली २६ गते विहान ९ बजे हेकुली गाउँमा भेला हुन आग्रह गर्दछु, –उनले भने ।’

त्यसैगरि कुलो नाला सफाईको लागि महटवा नारायण चौधरीको संयोजकत्वमा एक महिला सदस्य पछि थप गर्ने गरि ५ सदस्यीय कुलो नाला संचालन सचिवालय समिति गठन गरेको छ । जसको सदस्यमा सुर्यप्रकाश राणा, मनिराम चौधरी, नोखिराम खत्री रहेकाछन् । त्यसैगरि भुह्यारथान (ठन्वा)मा गुरै पूजा गर्नकालागि प्रत्येक घरबाट दुइ/दुइ सय रुपैया उठाएर पुजा गर्ने र हेकुली गाउँमा यसै आर्थिक वर्षदेखि हरेक मृतकका परिवारलाई प्रत्येक घरबाट दुइ/दुइ सय रुपैया उठाएर सहयोग गर्ने निर्णय भएको अघवा चौधरीले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित