माओवादी केन्द्रको संघीय संसदीय दलको सचेतकमा रामकुमारी चौधरी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले संघीय संसदीय दलको सचेतकमा रामकुमारी चौधरीलाई नियुक्त गरेको छ । माओवादी केन्द्र संसदीय दलको बसेको बैठकले चौधरीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेकोथियो ।

यसैविच चौधरीले फेसवुक मार्फत आफुलाई पार्टीले संघीय संसदीय दलको सचेतकको जिम्मेवारी दिएकोमा पार्टीका अध्यक्ष प्रचण्ड सहित सम्पूर्ण नेता कमरेडहरुलाई धन्यवाद व्यक्त गरेकिछन् ।

पुर्व राज्य मन्त्री समेत रहेकी चौधरी माओवादी केन्द्रमा प्रभावशाली नेतृको रुपमा चिनिन्छन् ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित