थप २५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ४२७ पुग्यो


काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार बाँकेमा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकामा ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २२, ३५ र ४८ वर्षीय पुरुष विजयनगरको क्वारेन्टाइनमा छन् ।

१० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका-५ को बेलवानी क्वारेन्टाइनमा छन् ।

यसैगरी धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिला छन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित