तस्विरमा माघ साँस्कृतिक महोत्सव

थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक शुरु भएको छ । माघ नजिएसंगै थारु गाउँ अहिले माघीमय बनेको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्याक्रमको आयोजना भइरहेकाछन् ।

यसै विच थारु कल्याणकारिणी सभा दाङले आज र भोली दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्ला स्तरिय माघ साँस्कृतिक महोत्सवको आयोजना गरेको छ । माघ महोत्सवको उद्घाटनको पहिलोदिन थारु लोककला, संस्कृति झल्किने थारु भेषभुषा सहित घोराहीको मुख्यबजारमा बजार परिक्रम गरिएको छ । ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजहनक् खासा, माघक शुभकामना बा, सक्कुजन्हक सांस्कृतिक सम्मान, यिह हमार नेपाली स्वाभिमान’ नारा सहित बजार परिक्रम गरिएकोथियो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी थारु संस्कार अनुसार निस्राउ निकालेर गरेकाथिए । भोलीसम्म चल्ने महोत्सव थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले दुइदिनसम्म हुने महोत्सवमा सात दर्जन भन्दा बढि मघौटा छोक्रा, हुर्डुङ्या लगायत नाच प्रस्तुति हुने उनले बताए । त्यस्तै महोत्सव स्थलामा थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रर्दशनीको लागि राखिएको उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङघी, माछा, गंगटा लागयत परिकारहरु समेत विक्रिवितरणको राखिएको छ ।

 

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित