परिवार नियोजनको स्थापना दिवसको अवसरमा घोराहीमा स्वास्थ्य शिविर


घोराही, २ असोज । परिवार नियोजन दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर विहिवार घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मीपुरमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । महिलाको स्वास्थ्यसँग जोडिएको प्रजननलाई जोड दिदै शाखाले महिलाको लामो अवधीको एवम छोटो अवधीको परिवार नियोजनको सेवा दिएको थियो ।


शिविरमा सहभागि महिलाहरुलाई डा. समिक्षा डिसीले उपचार एवम् परामर्श दिएकी थिइन । परिवार नियोजन दाङ शाखाका प्रवन्धक बसन्त खनालले दिएको जानकारी अनुसार शुक्रवार आयोजना गरिएको एक दिने शिविरमा २३६ महिला र १३ जना पुरुष गरी २४९ जनाले सेवा लिएका थिए । जसमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि १२२जनाले सेवा लिएका थिए । जसमा ४ जनामा पोजेटिभ देखिएको थियो ।
यस्तै १७ जनाले इम्प्लान र पाठेघर खसेको ३ महिलाले सेवा लिएका थिए ।
स्वास्थ्य शिविरको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका थिए । सरकारले परिवार नियोजन दिवस घोषणा गरेको छैठौ बर्ष पुगेको उपलक्ष्यमा परिवार नियोजन दाङ शाखाले केक काटेर दिवस मनाएको थियो ।


स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपमहानगरका प्रमुख चौधरीले सबैलाई आफ्नो घरवरिपरि सफा राख्न एवम आफ्नो सरसफाइमा ध्यान दिन आग्रह गरेका थिए । व्यक्ति स्वस्थ्य रहे मात्रै परिवार, समाज र देशले समृद्धिको दिसातर्फ अग्रसर हुने भन्दै उनले सबैलाई आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न आग्रह गरे ।

संघका शाखा अध्ययक्ष तिर्थ सन्तोषीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवार नियोजन संघका केन्द्रिय सदस्य गणेशराज श्रेष्ठ, निर्मला गौमत, उपमहानगरकी उपप्रमुख सीता सिग्देल न्यौपाने, स्वास्थ्य शाखाका प्रमुख नारायणप्रसाद घर्ति लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव माया पोखरेलले गरेकी थिइन ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित