सफल उद्यमी बन्नका लागि पहिला सीप सिकौंः नगरप्रमुख चौधरी


घोराही, ८ भदौं । सफल उद्यमी बन्नका लागि पहिला सीप सिक्नुपर्ने घोराही उपमहागरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताएकाछन् । राधाकृष्ण सामुदायिक सिकाइ केन्द्र गुलरियाले आयोजना गरेकोे २ दिने लघुउद्यम सम्वन्धि तालिमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले यस्तो कुरामा जोड दिएकाहुन ।
यदि हामी साँच्चिकै सफल उद्यमी बन्न चाहन्छौ भने त्यसको लागि पहिला आफुले गर्न चाहेको व्यवसायीको पहिचान गरौं, उनले भने, –‘त्यसपछि गर्न चाहेको व्यवसायीको विषयमा सीप सीकेर अगाडि बढ्न सक्ने हो भने अवस्य सफल उद्यमी बन्न सकिन्छ ।, तर हाम्रो समाजमा त्यो छैन चौधरीले भने, त्यहि भएर हामी असफल बन्दै गइरहेकाछौं ।’


घोराही उपमहागरपालिकाले सवै नागरिकलाई सक्षम र आत्मनिर्भता बनाउनका लागि सवै वडामा उद्यमशिलताको तालिम दिइरहेको बताउदै चौधरीले व्यक्तिगत र सामुहिक विकासको लागि पनि उद्यमशिलता तालिम अति महत्व रहेकोलेे यो तालिम सिकेर सवैलाई व्यवहारमा लागुगर्नु पर्ने कुरामा जोड दिएकाथिए ।


राधाकृष्ण सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रामप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहागरपालिका वडा नं. १७ का वडा अध्यक्ष खुशिराम चौधरी, नागरिक समाजका सदस्य एवं समाजसेवि हरिप्रसाद पाण्डेय, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी लगायतले तालिमको सफल्ताको शुभकामना व्यक्त गरेकाथिए । केन्द्रकी सचिव सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका सदस्य गोविन्द चौधरीले गरेकाथिए । दुइदिनसम्म चल्ने तालिममा २५ जनाको सहभागिता रहेको छ भने तालिमको प्रशिक्षकमा भीमबहादुर बस्नेत र बासु गौतम रहेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित