मुक्त कम्लरीहरुको झण्डै एक करोडको आफ्नै भवन

घोराही, २६ साउन । मुक्त कमलरीहरुले झैण्डै एक करोडको आफ्नै भवन बनाएकाछन्, । नेपाल सरकार तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत ८० लाख, मुक्त कम्लरी विकास मंचको लागत सहभागिताबाट ८ लाख ८८ हजार आठ सय ८८ र मुक्त कम्लरी विकास मंचको आन्तरिक कोषबाट ८ लाख ३८ हजार १ सय ८३ गरेर कुल ९७ लाख २७ हजार ७१ रुपैयामा साढेतिन फल्याडको भवन निर्माण गरिएको मुक्त कम्लरी विकास मंचकी अध्यक्ष सुनिता चौधरीले जानकारी दिइन् । घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरा स्थित निर्माण गरिएको साढे तीन फलाइटको घर एक कार्यक्रम गरेर आइतवार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।


भवनको उद्घाटन पुर्व कमलरी एंव नेकपा संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले रिवन काटेर घरको औपचारिक उदघाटन गरेकिहुन । घरको उद्घाटन गर्दै सचेतक चौधरीले भवनलाई मुक्त कम्लरीहरुको आत्मनिर्भतासंग जोड्नु पर्ने बताएकिथिइन । उनलेभनिन् ‘अब यहि भवनबाट सम्पुर्ण मुक्त कमलरीहरुको रुचि अनुसार विभिन्न सीप मुलक तालिम दिएर उनिहरुलाई आत्मनिर्भर बनाउनु पर्छ ।,
भवनमात्र ठूलो भएर मुक्त कमलरीहरुको जीवन परिवर्तन नहुने भन्दै मुक्त कमलरीले आफ्नो जीवन परिवर्तन गर्नका निमित्त पहिला शिक्षा लिनुपर्ने आवश्यक रहेको सचेतक चौधरीले बताइन । ‘अहिलेको अवस्था सवैभन्दा ठूलो शक्तिसाली भनेको शिक्षा हो, शिक्षा भयो भने सवै चिज प्राप्त गर्न सकिन्छ, त्यसैले हामी सवैले आफ्नो रुचि अनुसार शिक्षामा केन्द्रीत हौ, उनले भनिन्,– यदि कसैलाई आर्थिक अभावको कारणले शिक्षा बाट बन्चित हुनुहुन्छ भने भन्नुस्, हामीले कहाँ के गर्नुपर्छ त्यसको लागि हामीले पहल गर्छौ ।’


‘मुक्त कम्लरी, कमैया, हलिया लगायत पछाडी पारिएका समुदाय वर्गहरुको लागि सरकारले निशुल्क शिक्षाको व्यवस्था गरेको बताउदै चौधरीले प्राविधिक शिक्षा तर्फ पनि विशेष कोटा दिइरहेको छ, उनले भनिन्, –‘पढ्न नसेको वर्ग समुदायका लागि विभिन्न आयअर्जनसंग जोडेर सिपमुलक तालिम, अनुदान दिइरहेको छ, त्यसको लागि हामीले सम्वन्धित निकायमा बुझौ र आफ्नो लागि आफै सक्रीयाताका साथ अगाडि बढौं ।’


यसगरिक घोराही उपमहागरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्त कमलरीहरुले नवनिर्मित भवनलाई सहि सदुपयोग गरेर मुक्त कम्लरीहरुको भविष्यसंग जोडेर कार्यक्रम संचालन गर्न सुझाव दिए । ‘अब सरकारले भवन बनाइदियो अब तपाईहरुले आफ्नो भविष्य बनाउनका लागि केहि नया कामको सुरुवाट गर्नुस् नकि सानो व्यवसाय किन नहोस, मेयर चौधरीले भने, –तर त्यसको लागि पहिला ज्ञान, शिक्षा लिन जरुरी छ, तपाईहरुले कस्तो खालको व्यवसाय गर्नचाहनुहुन्छ हामीलाई भन्नुस्, तपाइहरुलाई घोराही उपमहागनरपालिकाले सहयोग गर्ने तयार छ ।’


यसैगरि कार्यक्रममा मुक्त कम्लरीहरुलाई उद्धार, पुस्थापना र उनिहरुको जीविको पार्जन संगै विभिन्न प्राविधिक शिक्षामा सहयो गर्दै आएको युथ फाउण्डेसन नेपालका कार्यकारी निर्देशक राजु धमला बताए । ‘पढ्न चाहनेलाई पढाउने, पढ्दा पढ्दै विचमा पढाई छाडनेहरुलाई प्राविधिक शिक्षा र व्यवासायी, कृषि गर्नेहरुलाई विभिन्न सीपमुलक तालिममा सहयोग गरिरहेका छौं, निर्देशक धमलाले भने्,–आफुहरु झण्डै १९ वर्ष मुक्त कम्लरी वहिनिहरु संगसंगै रहेको र आफु बाँच्दासम्म संगसंगै रहने छु ।’ ‘यो १९ बर्षको दौडानमा नेपाल सरकारले मुक्त कमलरीहरुको लागि झण्डै एक करोड लगानी गरेर घर बनाइदिएको छ, यो अति सह्रायिन काम भएको भन्दै निर्देशक धमालले भने,–‘अब मुक्त कमलरी बहिनिहरुले यो घरलाई शक्तिको रुपमा विकास गरि आफ्नो जीवनलाई परिवर्तन गर्नतर्फ लाग्नुपर्छ ।’


मुक्त कम्लरी विकास मंचकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीको अध्यक्षताम भएको कार्यक्रममा घोराही उपमहानगरपालिका १७ का वडा अध्यक्ष खुशीराम चौधरी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, हरप्लेस दाङका जिल्ला कार्यक्रम संयोजक विनोद केसी, नेपाल पत्रकार महसंघ दाङका सचिव भुपेन्द्र वली, मुक्त कमलरी विकास मंचकी संस्थापक अध्यक्ष मन्जिता चौधरी लगायतले बोलेकोथिए । मंचकी सचिव सुजाता चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा घर निर्माण लागिएको खर्चको घर निर्माण उपभोक्ता समितिकी सचिव सुशिला चौधरील र घरको घर संचालन कार्यविधिको विषयम जानकारी दिएकाथिए । यसैविच भवन निर्माणम महत्वपुर्ण भूमिका खेलको भन्दै संघीय सांसदद्य शान्ता चौधरी, मेटमणि चौधरी, घोराही उपमहागरपालिका, घोराही १७ का वडा कार्यालय, नेपाल युथ फाउन्डेशन र पत्रकार सन्तोष दहितलाई कदरपत्र दिइएकोथियो

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित