जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

दाङ, १५ कार्तिक । दाङ प्रहरीले करीव एक वर्ष पहिले जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ३ रानागाउँका २७ वर्षका खुमबहादुर थापा रहेको छन् । थापालाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ मंसिर २१ गते जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।

थापालाई तुलसीुर ३ मै लुकिछिपी वसेको अवस्थामा शनिवार पक्राउ गरेको हो । पक्राउपछि उनलाई जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित