सिकलसेल प्रभावित परिवारका सदस्यहरुले भने,-‘राज्यले हाम्रो उपचारमा ध्यान दिएन’

घोराही, १५ असोज । सिकलसेल प्रभावित परिवारकाका सदस्यहरुले आफुहरुले सिकलसेल उपचारको लागि राज्यबाट कुनै पनि सेवा सुविधा नपाएको गुनासो गरेकाछन् ।  ग्रामिण महिला उत्थान केन्द्र घोराहीद्धारा आयोजित सिकलसेल प्रभावित परिवारका समस्या र समाधानको उपायहरु विषयक कार्यक्रममा यस्तो कुरा बताएका हुन् । स्थानिय सरकारबाट पाँच हजार बाहेक अरु कुनै सेवा सुविधा नपाएको उनिहरुको दाबी थियो । सिकलसेल विरामीहरुकोलागि नेपाल सरकारले एक लाख बराबरेको उपचार खर्च उपलब्ध गराउने सुनेता पनि त्यस्तो सेवा सुविधा अहिलेसम्म नपाएको सिकलसेल प्रभावित परिवारहरुको गुनासो थियो । सरकारले सहयोग नगरेकै कारणले छिमेकी देश भारतबाट सिकलसेलको औषधी किनेर खाइरहेको उनिहरुले बताएकाथिए । सिकलसेल विरामी ब्यक्तिहरुको निशुल्क उपचार नेपाल सरकारले गर्नु पर्ने र पाएक पर्ने स्थानमा औषधी उपलब्ध गराउनु पर्ने माग समेत गरेकाथिए ।

कार्यक्रममा सिकलसेल प्रभावित परिवारको लागि आफुहरुले सधै पैरवी गरिरहेको ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरी बताइन । राज्यले सिकलसेल विरामीहरुको लागि निशुल्क उपचार गर्ने बताइसकेपछि सिकलसेल विरामीहरुको खोजि गरेर उपचारमा लाग्नुपर्ने कुरामा जोड दिइन् । कार्यक्रमा घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख नारायण घर्तिले उपचारको लागि बजेट प्रसस्त रहेको जानकारी दिए । ‘सिकलसेल बिरामीको उपचारको लागि सरकारले एक लाखसम्म निशुल्क औषधी उपलब्ध गराउदै आएको छ, उनले भने-   तर केही सिकलसेल विरामी जसले उपचारको सेवा पाएको छैन, ती बिरामीहरूको पहिचान गरेर सम्वन्धित निकाएमा जानकारी  गराउने  प्रतिवद्दता व्यक्त गर्दछु ।’

ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्षअध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निर्देशक सोगतवीर चौधरी, नागरिक समाजका पूर्व संयोजक चन्द्रराज पन्त, नेपाल रेडक्रस घोराही शाखाका अध्यक्ष थम्मन चौधरी, पत्रकार सन्तोष अधिकारी, पुनाराम चौधरी लगायतले आ आफ्नो विचार राखेका थिए । कार्यक्रमको सहजिकरण ग्रामिण महिला उत्थान केन्द्रका परियोजनाको संयोजक हित बहादुर थापाले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित