थारु अगुवाहरुले भने,–‘थारु भाषाकाे पाठ्यक्रम बनाउँदा बालबालिकाको भविष्यसंग जोडेर बनाउ’

घोराही, ६ दाङ । थारु अगुवाहरुले बालबालिकाको भविष्यसंग जोडेर मातृभाषा पाठ्क्रम बनाउनुपर्नेमा कुरामा जोड दिएकाछन् । शनिवार ख्याल बगालको आयोजनामा भर्चुअल मार्फत भएको मातृभाषा पाठ्यक्रम निर्माण प्रकृया र चूनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सकेसम्म बालबालिकाको रुचि जाग्ने विषयमा प्राथमिक्तामा दिएर थारु भाषाको पाठ्यक्रम तयार गरिनुपर्ने बताएकाहुन ।


उपप्रध्यापक एवं लौव अग्रासन साप्ताहिकका प्रधानसम्पादक केवी चौधरीले विद्यार्थीहरुको आत्मविश्वास, आत्मियता र रुचि जगाउने खालको विषयबस्तु समेतेर पाठ्यक्रम तयार गरिनुपर्नेमा जोड दिए । ‘विद्यार्थीको धेरैभन्दा धेरै रुचि जगाउने र त्यसमा पनि शिक्षामा थप प्लस हुने गरि पाठ्यक्रम बनाउनसकेमा मातृभाषा पढन्लानका लागि धेरै विद्यार्थीले रुचि राख्न सक्छन्, उनले भने– अहिलेको प्रतिस्पर्धाको जमानामा स्थानीय मातृभाषासंगै नेपाली र अंग्रजी भाषालाई समेत संगसंगै लग्नुपर्ने आजको आवश्यक्ता हो ।’

त्यसैगरि अनुसन्धानकर्ता कुछत नारायण चौधरीले थारु भाषा बोलीचालीमा मात्र सिमित भएकाले थारु भाषाको पाठ्यक्रम बनाउनमा निकै चूनौति हुने बताए । उनले पहिला थारु भाषालाई मानक भाषा बनाउनपर्ने कुरामा जोड दिए । थारु भाषाको विभिन्न पुस्तकहरु प्रकाशनमा आएपनि भाषामा एकरूप्ता नभएकाले मानक भाषा बनाउनको लागि थारु ग्रामर अति आवश्यक रहेको बताए । ‘हाम्रो भाषामा बोलाइ र लेखाइमा फरक छ, उनले भने–त्यसैले लेखाइ र बोलाइमा पनि एउटै गराउनका लागि मानक भाषा बनाउन जरुरी छ ।’ यसैगरि चौधरीले अहिलेको पुस्तामा बोलिन थारु भाषामा अधिकांश आगन्तुक शब्दहरु सुनिन्छन्, यसलाई सुधार गरेर थारु ठेट शब्दलाई प्रयोग गरेर थारु मौलिक शब्दहरु पाठ्क्रयममा समेत्नुपर्ने बताए ।

यसैगरि थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले आफुरुले सोह्रवटा विषय क्षेत्रलाई समेतर थारु मातृभाषा पाठ्क्रम तयार गरिरहेकोे जानकारी दिए । उनले पाठ्यक्रमको लागि विषयगत विषयमा छलफल भइरहेको समेत बताए । थारु लवज पनि आउने, मातृभाषाको विकास पनि हुने र विद्यार्थीहरुको सिकाइमा पनि सहयोग पुग्ने खालको विषय समेतेर पाठ्यक्रम तयार गर्न लागेको चौधरीले जानकारी गराए । भाषागत विज्ञ र थारु अगुवाहरूसंग नियमित छलफल भइरहेको बताउदै चौधरीले सवैको विचारलाई मनन् गरेर आफुहरु पाठ्यक्रम तयार गरिने बताए ।
भर्चुअल मार्फत भएका छलफल कार्यक्रमको सहजीरकण ख्याल बगालको संयोजक प्रणव आकाशले गरेकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित