दलीत परिवारलाई ७५ प्रतिशत अनुदानमा ग्याँस, चुल्हो सहयोग

दंगीशरण, १४ असार । दंगीशरण गाउँपालिका वडा न.५ ले अति विपन्न दलीत परिवारलाई ग्याँस,चुल्हो सहयोग गरेको छ । आईतबार एक कार्यक्रमका बिच उनीहरुलाई ग्यास चुलो वितरण गरिएको हो ।

वडामा रहेका दलीत वर्गहरु मध्यमा ग्यास चुलो नभएकाहरु लाई मात्र वितरण गरिएको वडा अध्यक्ष दिपक गौतमले जानकारी दिए । आर्थीक बर्ष २०७६/०७७ को कार्यक्रम अनुशार ७५ प्रतिशत अनुदानमा ग्यास चुलो वितरण गरिएको हो । सबै दलीत घरपरिवारलाई ग्याँस सेट वितरण गर्ने लक्ष्य रहेपनि धेरैको घरमा ग्यास चुलो भएकाले वडाका ११ घर परिवारलाई मात्र वितरण गरिएको अध्यक्ष गौतमले बताए ।

वडाले विपन्न घरपरिवारलाई प्राथमीक्तमा राख्दै उनीहरुको माग अनुसार कार्यक्रम गदै आएको उनले बताए । वडाले ग्याँस चुलो वितरण गरेपछि वडाका दलीत घरपरिवार खुसी भएका छन् । वडाले वडाबासीहरुको माग अनुसार कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रमको सहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका गरेका थिए ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित