दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


घोराही, १६ भदौ । मंगलबार दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपलगन्ज स्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा ४ जना महिला र १ जना पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १ की ४२ वर्षीय महिला र ४ जना तुलसीपुर उमपहानगरपालिकाका रहेका छन् । जसअनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का ३४ वर्षका एक पुरुष रहेका छन् । त्यसैगरि वडा नम्बर ५ कै ३९, ४० र २८ वर्षीया महिला रहेको भेरी अस्पताले जनाएको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित