ठन्वाको वरिपरि सरसफाइ (फोटो फिचर सहित)

घोराही, १६ साउन । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया र्पाक स्थित ठन्वा (भुइह्यारथान)को वरिपरि सरसफाई गरिएको छ । गुलरिया टोलको अगुवाईमा ठन्वाको वरिपरि उम्रेका झार, प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरेर सरफाई गरिएको हो ।

सरसफाई अभियानमा गुलरिया टोल विकास संस्था, युवा क्लव, पत्रकार तथा स्थानियबासीहरुको सक्रिय सहभागिता रहेको गुलरिया टोल विकास सस्थाका अध्यक्ष गोविन्द चौधरीले जानकारी दिए । हरेक महिना गाउँमा र ठन्वाको वरिपरि सरसफाइ गर्ने अभियान अनुसार शनिवार ठन्वाको वरिपरि सरसफाइ गरिएको उनले जानकारी दिए । त्यसैगरि ठन्वाको वरिपरि गत शनिवार फुलहरु पनि रोपिएको चौधरीले बताए । हालै मात्रै गुलरियामा सुविधा सम्पन्न सहितको ठन्वा निर्माण गरिएकोथियो । (तस्विर हेर्नुहोस्)

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित