थाकस युएईले दुबईमा माघ उत्सव मनाउने

युएई, २ पुस। थारू कल्याणकारीणी सभा युएईले थारूहरुको महान् पर्व माघको अवसरमा दुबईमा माघ विशेष सांस्कृतिक  कार्यक्रम गर्ने भएको छ।  “थारू कला संस्कृति हाम्रो पहिचान, यसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ”  भन्ने मूल नाराका साथ विगतका वर्षमा जस्तै आफ्नो आठौं वार्षिक भेला एवं माघ विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
           आउँदो सन् २०२० जनवरी १७ एवं माघ ३ गते शुक्रबारका दिन स्थानिय समय अनुसार मध्यान्ह  १ बजेदेखि कार्यक्रम कार्लटन टावर होटेलमा हुने थाकस युएईका प्रचारप्रसार विभाग प्रमुख अनुराग थारुले जानकारी दिए।
    कार्यक्रममा स्वदेशि तथा विदेशी पाहुनाहरुसंगै चर्चित गितकार, संगितकार एवं गायक देवकृष्ण विश्वास, थारू समुदायकि चर्चित गायिका अन्नु चौधरीको प्रस्तुति रहनेछ। यस्तै कार्यक्रममा स्थानिय कलाकारहरुसंगै गायक केशबराज महतो र गायक निसान चौधरीको पनि बेजोड प्रस्तुति रहने जानकारी थारूले जानकारी दिए।     
यस्तै सोही कार्यक्रममा मघौटा नाच, झुमरा नाच, लाठी  नृत्य प्रदर्शन एवं थारू समुदायका मौलिक परिकारका खानपिनहरुको स्वाद लिने व्यवस्था गरिने थारूले बताए ।
कार्यक्रममा उपस्थित हुन युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई थारूलाई आग्रह गरेका छन्।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित