दंगीशरणमा पहिलो पटक १ जना क्वारेन्टाइनमा


बैशाख, २७ । दंगीशरण गाउँपालिकामा पहिलो पटक एक व्यक्तिलाई शनिवार क्वारेन्टाइनमा राखिएको छ ।

छिमेकी जिल्ला कपिलवस्तुबाट आएका दंगीशरण गाउँपालिका वडा नं. ४ का ३५ बर्षिया एक पुरुषलाई गाउँपालिका स्थिति हेकुली विरेन्द्रमाबिमा रहेको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिए । उनका अनुसार ती पुरुष शनिवार विहान कपिलवस्तुबाट आएको बताइएको छ । चउनको अवस्था भने सामान्य रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

पछिल्लो पटक छिमेकी जिल्ला कपिलबस्तु र बाँकेमा कोरोना संक्रमित विरामीहरुको संख्या बढ्दै गएपछि छिमेकी जिल्लाबाट आउने जोकोहिलाई पनि क्वारेन्टाइनमा राख्ने अध्यक्ष चौधरीले बताए । कोरोना संक्रमण जोखिमबाट बच्नका लागि गाउँपालिकामा विशेष अभियान चलाएको समेत उनले बताए ।

दंगीशरण गाउँपालिकाले १० वेडका क्वारेन्टाइन तयारी अवस्थामा राखिएपनि प्रयोगमा भने आएकोथिएन ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित