दाङमा एक वडा अध्यक्षसहित थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

दाङ, २० जेठ । मंगलबार दाङमा एक वडा अध्यक्षसहित थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै दाङमा संक्रमितको संख्या ५१ पुगेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार गरिएको कोरोना परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकाका वडा अध्यक्ष सहित ६ जना र राप्ती गाउँपालिकाका २ जना गरि ८ जनालाई कोरोना संक्रमण देखिएको हो ।

फ्रन्टलाइनमा खटेर भारतबाट आएकाहरुको उद्दार र व्यवस्थापनमा खटिएका ५४ वर्षीय वडा अध्यक्षलाई कोरोना संक्रमणको पुष्टि भएपछि बंगलाचुलिका अन्य जनप्रतिनिधि र कर्मचारीको पिसिआर परीक्षण गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । कोरोना संक्रमण देखिएका वडा अध्यक्ष होम क्वारेन्टाइनमा बस्दै आएकाथिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित