आदिवासी जनजाति नेता लेखी आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखी आज नेकपा एमालेमा प्रवेश गर्ने भएकाछन् । हालैमात्र नवगठित लोकतान्त्रिक समाजवादी पार्टी बाट राजिनामा दिएका लेखीले एमालेमा प्रवेश गर्ने पक्का पक्की भएको नेकपा एमाले स्रोतले जनाएको छ । नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज विहान १० वजे प्रवेश गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

लेखी सहित एक सय बढि नेता कार्यकता नेकपा एमालेमा प्रवेश गर्न लागेकोे लेखीका एक विश्वासपात्रले दंगीशरण खवरलाई बताए । उनका अनुसार आज आदिवासी जनजाति नेता राजकुमार लेखी सहित नेताहरु प्रवेश गर्ने र केहिदिनमा जिल्ला जिल्लामा लेखीका समर्थकहरु जिल्लाका कार्यक्रममा प्रवेश गर्नेछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित