गरर्या कुसुम्ह्या गोट्यारहरूको बैठक उत्तर अम्राईमा

दाङ, माघ २४ गते । गरर्या कुसुम्ह्या गोट्यारहरूको बैठक आज दाङको घोराही उपमहानगरपालिका–१५ उत्तर अम्राई गाउँमा सम्पन्न भएको छ । कार्यक्रम दाङ जिल्ला समितिका अध्यक्ष राजु चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष चुर्ण बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


बैठकमा केन्द्रीय महासचिव शर्मराम चौधरी, केन्द्रीय सदस्य जयन्द्र चौधरी र रवी चौधरीलगायतको उपस्थिति रहेको थियो । बैठकमा पुर्खा बल बहादुर चौधरी, लिड्वा चौधरी, दिल बहादुर चौधरी, खुशीराम चौधरी, खिदिनी चौधरी र मान बहादुर चौधरीले गरर्या कुसुम्ह्या गोट्यारहरूको संस्कृति, संस्कार, रीतिथिति र पूजाआजाका परम्पराबारे आफ्ना अनुभव र ज्ञान साझेदारी गर्नुभएको थियो । बैठकको सफल व्यवस्थापनका लागि उत्तर अम्राईका गोट्यारहरूलाई सहभागीहरूले हार्दिक आभार प्रकट गरेका छन्

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित