दाङ क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोख्रेल निरन्तर मतान्तर घटाउदै लगेका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विहान करिब दुई हजार मतले पछि रहेका पोख्रेल अहिले १ हजार १४ मतले पछि परेकाछन ।
बुधबार राती सवा ९ बजेसम्मको ५४ हजार ६०७ मत गणना हुदाँ एमालेका पोख्रेल १८ हजार ७५८ मत ल्याएकाछन् भने गठबन्धनकी शर्मा १९ हजार ७७२ मत प्राप्त गरेकी छन् ।
कुल मत १ लाख ३३ हजार ७४८ मत मध्य ७९ हजार ४४६ मत खसेको थियो ।