दाङ-२ मा निरन्तर मतान्तर घटाउदै शंकर पोख्रेल

दाङ क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोख्रेल निरन्तर मतान्तर घटाउदै लगेका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विहान करिब दुई हजार मतले पछि रहेका पोख्रेल अहिले १ हजार १४ मतले पछि परेकाछन ।

बुधबार राती सवा ९ बजेसम्मको ५४ हजार ६०७ मत गणना हुदाँ एमालेका पोख्रेल १८ हजार ७५८ मत ल्याएकाछन् भने गठबन्धनकी शर्मा १९ हजार ७७२ मत प्राप्त गरेकी छन् ।

कुल मत १ लाख ३३ हजार ७४८ मत मध्य ७९ हजार ४४६ मत खसेको थियो ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित