
थारुहरुको छाता संस्थाको रुपमा चिनिदै आएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कार्यसमितिको दोस्रो पूर्ण बैठक यहि चैत ९ गते बस्ने तय भएको सभाको महासचिव मिनराज चौधरीले जानकारी दिनुभयो । बैठकको लागी सभाको पदाधिकारी तथा सदस्यहरु अनिवार्य उपस्थितिको लागि समेत अनुरोध गरिएको उहाँले बताउनुभयो । बैठकमा सभाको वार्षिक कार्यक्रम तथा संस्थागत विकास सम्बन्धमा छलफल गरिने तय भएको सभाको महासचिव चौधरीले जानकारी दिनुभयो । साथै वैठकमा पदाधिकारी तथा सदस्यहरुलाई नागरिकताको छाँया प्रति र पास्पोर्ट साईजको २ प्रति तस्वीरहरु सहित लिएर उपस्थितिको लागी सभाले अनुरोध गरेको छ ।
बैठकमा सभाको हालसम्म भए गरिएका कार्य गतिविधिहरुको रिपोर्टिङ, बर बुझारत, संचालक समिति गठन गर्ने, वार्षिक नीति तथा कार्यक्रम तय गर्ने, संशोधित विधान सम्बन्धमा, लेवी शुल्क निर्धारण गर्ने, सभाको भवन निर्माणका लागि अर्थ संकलन एवं जग्गा खरिद समिति गठन गर्ने विषयमा छलफल गर्ने तयारी रहेको सभाको महासचिव चौधरीले जानकारी दिनुभयो ।