घोराहीमा थारु भाषाको पाठ्यक्रम लागु हुने

सरिता चाैधरी

घोराही , २२ असार । घोराही उपमहानगरपालिकामा थारु भाषाको पाठ्यक्रम लागु हुने भएको छ । घोराही उपमहानगरपालिकाले स्थानिय भाषामा पाठ्यक्रम निमार्ण गर्ने क्रममा थारु भाषाको पाठ्यक्रम (कक्षा १ देखि ३ सम्म) निमार्ण गर्न लागेको हो । यसैविच आइतवार पाठ्यक्रमको प्रारुपमाथि सरोकारवालाहरु बिच छलफल गरिएको छ ।

पाठ्यक्रम निमार्णको लागि बिज्ञ समुहका तर्फबात कुल बहादुर चौधरीले थारु भाषाको पाठ्क्रमको प्रारुप माथि सहजिकरण गरेकाथिए । बिज्ञ चौधरीले थारु भाषा निमार्ण गर्नुको औचित्य, बालबालिकाको पठनसिप विकासका लागि स्थानिय भाषाको महत्व, थारु भाषाको पाठ्यक्रमको उद्धेश्य, तहगत सक्षमता, भाषिक सिकाइका उपलब्धी, पाठ्क्रममा समाबेश बिषयबस्तुहरुको बारेमा प्रकाश पारेकाथिए ।

यसै बिच घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले थारु भाषालाई नगरको पहिचान बनाउने बताए । ‘भाषालाई सर्बब्यापपि बनाउन जरुरी हुन्छ,उनले भने, -‘हामीले थारु भाषालाई धेरै ब्यापक बनाउन नसकेपनि घोराहीब्यापी बनाउन सक्छौ , यो नै पालिकाको प्रमुख उद्धेश्य हो ।’ कार्यक्रमको प्रमुख अथिति समेत रहेका चौधरीले भाषा सबैका लागि हुनु, थारु भाषा थारुहरुको लागि मात्र नभएर अरु समुदायको लागि भएको कुरामा जोड दिए । थारु भाषाको पाठ्यक्रममले अरु समुदायका बालबालिकाहरुलाई पनि आकर्षण गर्न सक्नु पर्छ, उनले भने उपमहानगरले यस अघिनै नगरमा थारु भाषालाई सरकारी कामकाजीको रुपमा कार्यान्वयनमा ल्याईसकेका छ ।

थारु भाषाको पाठ्क्रम निमार्णको लागि सहकार्य गरिरहेको संस्था थारु कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रमुख, उपप्रमुख, बिज्ञ समुह, नगर शिक्षा तथा खेलकुद महाशाखा, बिद्यालय ब्यबस्थापन समिति, शिक्षक, थारु पत्रकार सघका प्रमुख तथा प्रतिनीधिहरूकाे उपस्थिति रहेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित