दंगीशरणका ग्रामीण सडकको स्तरोन्नति हुदै, सांसद वलीद्धारा अवलोकन

दंगीशरण, ५ फागुन । दंगीशरण गाउँपालिका जाने सिधा बाटो तुलसीपुर सुर्खेत सडकको स्तरोन्नति गर्ने कार्यले तिव्रता लिएको छ । अवको अशाढ मसान्त सम्म आर्थीक बर्ष २०७६/०७७ मा योजनामा परेका बाटाहरु फराकिलो संगै पक्की बनाउँने कार्य सम्पन्न गर्नका लागि बाटाहरु बन्ने कार्यले तिव्रता लिएको हो । १५ सय मिटर बाटोको स्तरोन्नती पछि कालोपत्रे गरीने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । केन्द्र र प्रदेश सरकारको ३ करोड ५० लाखमा सडक स्तरोन्नति सगैँ कालोपत्रे गरीनलागेको अध्यक्ष्य चौधरीले जानकारी दिए । सडकलाई १२ मिटर चौडाईमा फराकिलो पारिएको छ भने ४५ मिटर चौडाईमा नाला निर्माण गरिदैछ ।

स्मृति विशाल कन्ट्रक्शन सेवा राङ्सी ९ रोल्पाले २०७६ पुस महिनामा भौतिक पूर्वाधार विकाश कार्यालयसंग सम्झौता गरेको थियो । सम्झौता गरे अनुशार नाली निर्माण संगै सडक पराकिलो पार्ने काम सम्पन्न गरेको छ । सडक स्तरोन्नति संगै सडक पक्की गर्ने कार्यलाई तत्काल चैत्र महिना भित्र सम्पन्न हुने गरि शुरु गरेको छ । सडक पक्की गर्ने कार्य सम्झौता गरेअनुशार चैत्र महिना भित्र सम्पन्न हुने स्मृति विशाल कन्ट्रक्शन सेवा राङ्सी ९ रोल्पाका प्रोप्राईटर गोपाल वलीले जानकारी दिए । नाली निर्माण, सडक फराकिलो संगै सडक पक्की बनाउँने कार्य एकैसाथ भएकाले यो बर्षका लागि १५ सय मिटर बाटोले नयाँ मुहार फेर्दैछ । समृद्ध दंगीशरण निर्माणका लागि भौतीक पूर्वाधार अन्र्तगत दंगीशरणका सबै बाटाहरु पक्की बनाउँने कार्यलाई तिव्रता दिईने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

सांसद वलीद्धारा अवलोकन
यसैबिच प्रदेश सभा सदस्य माननिय विमला वलीले सडकको अवलोकन गरेकि छिन् । सांसद वलीले भौतीक पूर्वाधारका कार्यलाई जनताले चाहेको विकाश लाई उनीहरुले अनुभव गर्न पाउँने गरि अगाडि बढाउँनुपर्ने बताईन् । सडक अवलोकनका क्रममा सांसद वलीले प्रदेश सरकारबाट पश्चिम क्षेत्रको विकाशका लागि आफु सधै पहल गर्ने बताईन् । सडक, खानेपानी र सिचाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने भन्दै प्रदेशबाट गर्नसक्ने सहयोगलाई आफुले गर्ने सांसद वलीले बताईन् ।

यसैबिच दंगीशरण गाउँपालिका वडा न. २ स्थित बंगालपुर देखि कवरबस्ती हुदै नमुनाटोल कौवाघारी जोड्ने सडकको ट्रयाक खोलिएको छ । स्व. माननीय उत्तर कुमार वलीको नामबाट नामाकरण गरि सो सडकको नाम उत्तर मार्ग राखिने नेकपा दंगीशरण गाउँकमिटी गोल्टाकुरीले जनाएको छ । करीव १ किलोमीटरको सडकको नयाँ ट्रयाक खोलेपछि स्थानीयले सहज रुपमा आवतजावत गर्न सक्नेछन् । “स्थानीयको समस्यालाई मधयनजर गर्दै नयाँ ट्रयाक खोलीएको छ केहि समयपछि यसलाई पक्की बनाईनेछ– यूवा नेता एमएन शाहले भने । नेकपाका यूवा नेताहरु भरत परियार, जितेनद्र खड्का र डमवर खत्री लगाएतबाट बजेट संकलन गरि करीव ८० हजारको लागतमा नयाँ बाटोको ट्रयाक खोलीएको शाहले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित