कैदी बन्दीका बालबालिकालाई विभिन्न सामाग्री बितरण

पवन तासी थारु

काठमाण्डौ, १८ वैशाख । काठमाडौं १० साखु स्थित विभिन्न कसुर जेल जीवन बिताइरहेका कैदिबन्दीका बालबालिकालाइ बलाङ्केत, झुल, इलेक्ट्रिक मच्छर किलर लगायत सामग्रीहरु वितरण गरिएको छ।


राजनीति धर्म वा बर्गवाट स्वतन्त्र संगठन गैर मुनाफा मुलक अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबल अमेरिका न्युयोर्कका संस्थापक अध्यक्ष अमृत लामा, नेपाल शाखाका अध्यक्ष बिमल, खड्का काउन्सिलर नारायण श्रेष्ठ हामी नेपाली पोल्यान्ड शाखाका काउन्सिलर तथा हामी नेपाली ग्लोबल डाइरेक्टर रामकुमार श्रेष्ठ को सहभागितामा हामी नेपाली पोल्यान्डको आर्थिक सहयोगमा उक्त सामाग्री वितरण गरिएको हो । बन्दी सहायता नेपाल फाउन्डर अध्यक्ष इन्दिरा राना मगरवाट सामग्री हस्तान्तरण तथा बितरण गरिएको हो ।


हामी नेपाली ग्लोबल संस्था नेपाल र नेपाली को सेवा र बिकासमा समर्पितहुदै विभिन्न मुलुकमा छरिएर रहेका नेपाली लाई एकीकृत गर्दै सस्था को स्थापना काल देखिनै नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक कार्य गर्दै आइरहेको हामी नेपाली पोल्यान्ड साखाका युवा संयोजक पवन तासी थारु ले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित