तुलसीपुरमा पाँच दलिय गठबन्धनलाई हराउँदै मेयर र उपमेयरमा एमाले विजयी

मेयर र उपमेयरमा नवनिर्वाचत टीकाराम खड्का र स्यानी चौधरी

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ ।

मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । पाँच दलिय गठबन्धनलाई पराजित गर्दै खडका र चौधरीले एमालेको विरासत कायम गरेका हुन् ।

खड्काले आफ्नो निकटम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार गेहन्द्र गिरीलाई ३ हजार ६९१ मतान्तरले पराजित गर्दै मेयरमा र्निर्वाचित भएका हुन् । खडकाले ३१ हजार ४०८ मत पाएकाथिए भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेका छन् । नेपाल लोकतान्त्रीक पार्टीका घनश्याम चौधरी १ हजार ३६१ मत ल्याएर तेस्रो स्थानमा आएकाछन् ।

यसैगरी उपमेयरमा एमालेकी स्यानी चौधरी भारी मतले विजयी भएकीछन् । उनि आफ्नो प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीका उम्मेदवार जोग बहादुर रानालाई ९ हजार ५३२ मतले पछाडि पार्दै उपमेयरमा निर्वाचित भएकीहुन । चौधरीले ३० हजार ५९७ मत पाएकीछन भने रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

तुलसीपुर उपमहानगरमा यस अघि २०७४ को निर्वाचनमा पनि एमालेको नेताद्धय घनश्याम पाण्डे मेयरमा र उपमेयरमा माया आचार्य निर्वाचित भएका थिए ।

वडामा पनि गठबन्धन कमजोर
तुलसीपर उपमहानगरको १९ वटा वडामध्ये एमालेले एक्लै १० वटा (२, ३, ६, ८, १०, ११, १३, १८ र १९) वडामा प्यानल सहित विजयी भएको छ । पाँच दलिय गठबन्धनबाट नेपाली काँग्रेसले ५ वटा ( ५, ७, ९ १४ र १७ ) वडा मा र नेकपा माओवादी केन्द्रले ३ वटा (१,४ र १२) वडामा मात्र जित हात पारेको छ भने एउटा ( १६ नम्बर) वडामा स्वतन्त्र उम्मेदवार विजयी भएकाछन् ।
यस अघि २०७४ को निर्वाचनमा एमालले ९ वटामा विजयी भएकोथियो भने नेपाली काँग्रेसले १० वटा वडामा जितेकोथियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित