नेकपाकी सचेतक चौधरीद्वारा अट्वारीको शुभकामना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले थारु समुदायको महान पर्व अट्वारी को अवसरमा सम्पूर्ण थारु समुदालाई शुभकामाना व्यक्त गरेकिछिन ।

उनले अाफ्नो सचिवालय मार्फत भनेकिछिन्, -‘ विगतमा अट्वारी पर्वले सबै जातजाति, बर्ग, समुदायको विचमा मेलमिलाप र सद्भाव कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्दै अाएको थियो र अहिले पनि खेल्ने छ ।,

‘हाम्रो नेपाल बहुजातीय, बहुभाषिक बहुसाँस्कृतिक विविधताले भरिएको मुलुक हो, त्यसैले हाम्रो देशको अाफ्नै छुट्टैखालको पहिचान र शान छ, र त हामी सबै नेपालीहरु सबैको कला संस्कृतिमा रमाउन पाएका छौं, उनले भनेकिछिन- यसरी नै सवै जातजाति, समुदायको वर्ग संस्कृतिलाई सम्मान गर्दै सबैको साझा सम्पत्तिको रुपमा विकास गर्न सके अवस्य देशमा समृद्धि अाउने छ ।’

Dangisharan Khabar

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित