
दंगीशरण, २४ पुस । प्रदेश सभा सांसद विमला वलीले नागरीकहरुलाई स्वास्थ्य सेवा बाट बञ्चित हुन नदिन स्वास्थ्य सेवाको क्षेत्रमा आफुले पहल गर्ने बताएकि छिन् । प्रभावकारी स्वास्थ्य सेवाका लागि भौतिक रुपमा आवश्यक कुराको समाधान गर्ने सांसद वलीले बताईन् । दंगीशरण ५ डाडागाउँमा आधारभुत स्वास्थ्य सेवा केन्दको उद्घाटन गर्दै सांसद वलीले यस्तो बताएकि हुन् ।
‘स्वास्थ्य सेवा मानिसको जिवन संग जोडिएको कुरा हो, गाउँ तहमा हिजो जस्तै स्वास्थ्य सेवाबाट कोहि पनि बञ्चित हुन नपरोस, त्यसैले असहज रुपमा सेवा दिनु भन्दा स्वास्थ्य चौकिमा के कुराको अभाव हुन्छ मलाई भन्नुहोस् म समाधान गर्ने कोसिस् गर्ने छु,–सांसद वलीले भनिन् ।’ सो अवसरमा सांसद धमकली चौधरीले वडामै स्वास्थ्य जाचँ गराउँन पाउँनु खुसीको कुरा भएको भन्दै अव हरेक क्षेत्रमा जनताले सेवा सुविधा बाट बञ्चित हुन नपर्ने बताईन् ।
कार्यक्रममा दंगीशरण गाउँपालिका वडा न.५ का वडा अध्यक्ष दिपक गौतमले समृद्ध वडाका लागि मानीसको स्वच्छ जिवन यापनका लागि वडामा स्वास्थ्य चौकि स्थापना गरीएको बताए । स्वास्थ्य चौकिको आफनै भवन निमार्ण कार्य भईरहेको र निर्माणको काम नसकिदा सम्म आफुले भाडामै भएपनि स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ आज घर भाडामा लिएर भएपनि सेवा दिने मनसाय बनाएको बताए । स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मीको साथै औषधि अभाव हुन नदिने भन्दै वडाबासीहरु स्वास्थ्य सेवा बाट बञ्चित हुनुपर्ने अवस्था नआउँने बताए । सो अवसरमा नेकपाका नेता हिरालाल चौधरी बज्र, नेपाली कांग्रेसका केशव आचार्य, शिक्षक ज्योती प्रशाद चौधरी लगायतले बोलेका थिए । वडा सदस्य खिम बहादुर थापाको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण सचिव प्रेम प्रकाश चौधरीले गरेको थिए ।