आगामी वर्षको बजेट १६ खर्ब ४७ अर्व ५७ करोड, साउनदेखि जेष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता

सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९को लागि १६ खर्ब ४७ अर्व ५७ करोड बजेट विनियोजन गरेको छ । प्रतिनीधि सभा विघटन भएपछि शनिवार अध्यादेश मार्फत सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक बर्षको लागि १६ खर्ब ४७ अर्व ५७ करोड बजेट विनियोजन गरिएको जानकारी गराए ।

चालुतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड विनियाुजन गरिएको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो । त्यसैगरि पुँजिगत तर्फ ३ खर्ब ४७ अर्व २६ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको २२.७ प्रतिशत हो । सोही अनुसार वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्व ९७ करोड विनियोजन भएको छ । यो कुल बजेटको १२. ६ प्रतिशत हो । यसैगरि प्रदेश स्थानिय तर्फ वित्तिय हस्ताणतरणतर्फ ३ खर्ब ८६ अर्व ७१ करोड रुपैया विनियोजन गरेको अर्थमन्त्री पौडेल जानकारी दिए । यसैगिर अर्थमन्त्रीले विनियोजन गरेको आर्थिक वर्षको बजेटमा धेरै लोकप्रिय कार्यम समेटिएकाछन् ।

जेष्ठ नागरिकको मासिक भत्ता ४ हजार, कर्मचारीको मासिक २ हजार वृद्धि
चालु आवको बजेटले ज्येष्ठ नागरिकको भत्ता ३३ प्रतिशतले बृद्धि गरी मासिक ४ हजार पुर्याएको छ । त्यस्तै, कर्मचारीको तलब मासिक दुई हजारले बृद्धि गरेको छ । सोहीअनुसार सबै नागरिकलाई निःशुल्क कोभिड खोप उपलब्ध गराउनेगरी बजेट विनियोजन गरेको छ ।

पत्रकारलाई निःशुल्क उपचार
सरकारले यस आर्थिक वर्षदेखि सरकारी अस्प्तालमा पत्रकारको निःशुल्क उपचार सेवा शुरु गर्ने बताएको छ । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

त्यस्तै, सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दुरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ । अर्थमन्त्री पौडेलकाअनुसार नेपाल टेलिभिजनको प्रशारणलाई विश्वव्यापी बनाउन एनटीभी वल्र्ड कार्यक्रम प्रशारण गरिने छ । त्यस्तै, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका लागि ७ अर्व ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित