कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

घोराही, ४ जेठ । नेपालमा कोरोना भाइरसबाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोज भगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको थियो ।

मृतक पुरुष यहि बैशाख ३० गते भारतबाट नेपाल आएकाथिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।

शनिबार मात्र कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको बिहीबार मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले शनिबार उनको मृत्यु कोरोना संक्रमणबाट भएको घोषणा गरेको थियो ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित