पत्रकारहरुको लागि महासंघ दाङद्धारा ६ वेडको आइसोलेसन स्थापना

घोराही, २१ वैशाख । नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुका लागी आइसोलेसन स्थापना गरेको छ । संक्रमित पत्रकारहरुलाई उपचारमा सहज बनाउनको लागि महासंघले आफ्नै भवनमा ६ वेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरेको हो ।

यसैगरि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । महसंघका अध्यक्ष दुर्गालाल केसीको अनुसार आइसोलेसन व्यवस्थापनका लागि महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी संयोजकत्वमा कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एंव सञ्चार संघ संगठनका प्रमुख रहेको मूल समिति गठन गरेको छ । त्यसैगरि महासंघकी उपाध्याक्ष बसुन्धरा गौतम संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सचिव आर.के.शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आइसोलेसन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुका लागि पनि आइसोलेसन अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनका लागि महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ । यसैगरि नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । जसका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि. घोराही शाखामा रहेको खाता न. ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताका लागि सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील समेत गरेको छ ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित