पत्रकारहरुको लागि महासंघ दाङद्धारा ६ वेडको आइसोलेसन स्थापना

घोराही, २१ वैशाख । नेपाल पत्रकार महासंघ दाङले पत्रकारहरुका लागी आइसोलेसन स्थापना गरेको छ । संक्रमित पत्रकारहरुलाई उपचारमा सहज बनाउनको लागि महासंघले आफ्नै भवनमा ६ वेडको अक्सिजन सहितको आइसोलेसन स्थापना गरेको हो ।

यसैगरि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षमा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । महसंघका अध्यक्ष दुर्गालाल केसीको अनुसार आइसोलेसन व्यवस्थापनका लागि महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी संयोजकत्वमा कार्यसमिति, सल्लाकार, पूर्व अध्यक्ष एंव सञ्चार संघ संगठनका प्रमुख रहेको मूल समिति गठन गरेको छ । त्यसैगरि महासंघकी उपाध्याक्ष बसुन्धरा गौतम संयोजकत्वमा कार्यसमिति सदस्य कुलदिप न्यौपाने र सदस्य राधा पौडेल सदस्य रहेको स्वास्थ्य व्यवस्थापन समिति र उपाध्यक्ष सन्तोष सुवेदी संयोजक, सचिव आर.के.शीतल, निवर्तमान सचिव भुपेन्द्र वली, कार्यसमिति सदस्यहरु उदय विसी र गिरिराज नेपाली सदस्य रहेको आइसोलेसन कक्ष व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै कोरोना महामारीमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगाएतका फ्रन्टलाइनरहरुका लागि पनि आइसोलेसन अभाव हुन सक्ने कुरालाई मध्यनजर गर्दै आवश्यक परेमा आईसोलेशन सञ्चालनका लागि महासंघको भवन उपलब्ध गराउन सकिने निर्णय गरेको छ । यसैगरि नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार राहत सहायता कोष स्थापना गर्ने निर्णय गरेको छ । जसका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा नेपाल बैंक लि. घोराही शाखामा रहेको खाता न. ०२७०१०००२६८४९७०००००१ मा आर्थिक सहायताका लागि सम्पूर्ण सहयोगी निकाय एवं व्यक्तीहरुलाई अपील समेत गरेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर १ गते दाङको घोराहीबाट स्थापना भएको यस पत्रिकाले थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। स्थापनाकालदेखि निरन्तर प्रकाशन हुँदै आएको अग्रासनले थारू समुदायका भाषा, संस्कृति, परम्परा, अधिकार तथा समसामयिक विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित