मेरो राष्ट्र प्रेम (कविता)


अर्जुन भण्डारी


आहा कति राम्रो लिपुलेक
आहा कति राम्रो लिम्पियाधुरा।
आहा कति राम्रो नाभि र गुञ्जी बस्ति
स्वर्गभन्दा कम कहाँ छन र ?
आहा कति राम्रो काली नदी
पार्वतीकुण्ड पनि ।
सत्य युगमा भगवान शिवले
तण्डव नित्य नाचेको ठाऊँ।
आहा कति राम्रो पार्वती सँग
माया पिरती गाँसेको ठाँऊ।
नभुल्ना सक्छु म,
न सक्लान मेरा सन्तानले
विहान उठ्दा हेर्छु तिमिलाई
गुडमोर्निङ लिपुलेक भन्छु
तिम्रो पाऊ परि।

लामो श्वस फेर्दै हेर्छु डाडा पाखा,
कालिनदीको आवाज सुन्छु
मन भारिहुन्छ ।
कतै तिमि
मलाई बोलाएकी त छैनौ,
अँह,
बोल्दिन म,
बोलु पनि कसरी।

तिमीलाई बन्धनमा पारीएको छ रे
हामीबाट छुट्याईएको छ रे
तिमीलाई अपहरण गरिएको छ अरे।
तिमी ठूलो ठुलो जोड्ले रूदा रूदा थाकी सक्यौ।
कहिले तिमी लिम्पियाधुराको डाँडा
्र भञ्ज्याङबाट कराऊँछेऊ।
कहिले तिमी कालीनदीबाट सुम्सम्याउछेउः
तिम्रो चिच्याहाट
अँहँ कसैले सुन्दैना कोही,
न त म सुन्छ
न त कोही अरू।

तिम्रो ढकपक्क फूलेको छ जवानी
कुटीगाऊमा बास बस्छेऊ रे हो ?
पार्वती कुण्डमा हामफाली ,
आफुलाई मृत्युबरण नगर्नु है।
गुञ्जी गाऊमा रमाउँला ,
हरियोपारियो घाँस काटौला ।
खेताला जाऊँला,
जवानीका नतमस्तक आवश्यकता
नाभिगई पुरा गरौला है।
नझार आँशु,
नझार घमण्ड,
तिम्रो स्वर्गिय परीत्वको जवानी।
मेरो मृत्यु किन नहोस,
म जल्नु किन नपरोश।
तिमीलाई
मेरो न्यानो काखमा,
नराखि छोड्दिन।
तिम्रो बर्णन गर्न म त कहाँ सक्छु र ?
तिमीलाई खुशी पार्न मत कहाँ सक्छु र ?
तिमीलाई
मेरो मायाले मुटु छिया छिया भयो अरे ?
तिम्रो कुमारीत्व लुट्यो रे ।
राक्षसले,हरण गर्यो रे
सीता जसरी,राणवका दुतहरूले
मेरो देशबाट छुट्याए छन रे तिमीलाई।
तिम्रो सुन्दरतामा शत्रुको आँखा लागे छ।
न रूनु अब तिमि ।
कुचेष्टा राख्ने शत्रूलाई ।
वीरका संन्तान हामी।
फोडेरै छोड्नेछौ।
पराजीत गर्ने नै छौ,
शत्रुलाई।
आणबिक हतियार र क्षप्यात्रले नभए पनि।
बन्दुकका नालाबाट,
भाला र खुकुरी अनि ढुङ्गाहरूले
बरू म न रहुँला
मेरो आमाको न्यानो काखमा।

लिम्पियाधुरा
तिमीलाई केही बर्षयता
नेपाल आमाका कु पुत्रहरुले
हाम्रो सिमा नक्साबाट छूट्याई
तिम्रो अस्मितामाथि होली खेलेपनि
बिर्से पनि।
म त
हामी त
बिऊझिएका छौ त।
बर्षौ बितायौ होली हाम्रो मेरो यादमा
कति दुख्यो होला तिम्रो मुटु,।
कति चस्क्यो होला तिम्रो मन।
अब न दुखाऊ।
अब खुशी हुनु पर्छ।
तिमी र म सँग सँगै गुञ्जी र नाभि हुदै
कुटी र पार्वती कुण्ड हुदै
लिम्पियाधुराबाट स्वर्ग पनि त हेरौला ।
कालापानी नुहाउला।
नेपाली झन्डा फर्फराऊदै ।
राष्ट्रिय गीत गाउँला।
राष्ट्रिय गीत नि गाउँला है।
जय नेपाल ! जय नेपाल आमा !!

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित