तुलसीपुरमा पुस २३ गते माघ महोत्सव हुने

तुलसीपुर,१२ पुस। 
तुलसीपुरमा यही पौष २३ गते माघ महोत्सव हुने भएको छ । नमुना भुँइह्यार थान समिति तुलसीपुरको आयोजना एवं थारू कल्याणकारिणी सभा दाङ क्षेत्र नं.३ को सह-आयोजनामा महोत्सव हुन लागेको हो।

नमुना भुँइह्यार थान समिती तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा आज तुलसीपुरमा बसेको भेलाले थारू समुदायहरुको ठूलो पर्व माघलाई मध्यनजर गर्दै प्रकृति एफएमको पछाडी रहेको खुल्ला चौरमा महोत्सव गर्ने निर्णय गरेको हो।
तुलसीपुरमा निर्माण हुने थारू समुदायहरुको बहुआयामिक सभाहलको शिलान्यास पनि उक्त महोत्सवको दिन नै गर्ने निर्णय गरेको नमुना भुँइह्यार थान समितिका अध्यक्ष  रामशरण चौधरीले बताउनु भयो ।
उक्त महोत्सवलाई भव्यताका साथ सफल बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ। समितिका अध्यक्ष चौधरीको संयोजकत्वमा अर्थ संकलन उपसमिति गठन गरिएको छ।
यस्तै अञ्जना चौधरीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, आशा चौधरीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, विनोद चौधरीको संयोजकत्त्वमा मञ्च व्यवस्थापन उपसमिति, महेश थारूको संयोजकत्वमा अतिथि सत्कार उपसमिति र चन्द्रलाल चौधरीको संयोजकत्वमा स्वयं सेवक परिचालन उपसमिति गठन गरिएको छ।
महोत्सवमा थारू संस्कृति झल्किने मघौटा नाच, लट्ठी नाच, थारू कलाकारहरुको प्रस्तुुतिका साथै तुलसीपुर उपमहानगरपालिका भित्रका थारू महटवा, थारु गुरुवा, सुडेनीहरुलाई सम्मान गर्ने  निर्णय भएको छ ।
यस्तै आउँदै गरेको माघ पर्वलाई लक्षित गरेर शनिबारको दिन पनि तुलसीपुर बजार खुल्ला गर्न उद्योग वाणिज्य संघ तुलसीपुरसंग अनुरोध गर्ने निर्णय गरेको छ। महोत्सव सफल बनाउन सबैले आ-आफ्नोतर्फबाट सहयोग एवं महोत्सवमा सहभागी हुन आयोजकले सम्पूर्णमा अनुरोध पनि गरेको छ।

निता चौधरी

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित