माघ महोत्सवको तयारी पुरा, उद्घाटन पर्यटन मन्त्री चौधरीले गर्ने

घोराही, २१ पुस । घोराहीमा भोलीदेखि हुने दुइदिने माघ महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । विहिबार महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको तयारी बारे जानकारी गराएको हो ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक भुवन चौधरीले भोली पुस २२ र २३ गते हुने महोत्सवको तयारीको बारेमा जानकारी गराएकाथिए । उनका अनुसार महोत्सवको पहिलो दिन थारु कला, संस्कृति झल्किने थारु भेषभुषा सहित हलो जुवा, छिट्वा, गैजा, ढकिया, डेल्वा, बन्ठि, छट्री, हेल्का डेल्ला सहित घोराहीको मुख्यबजारमा बजार परिक्रम गरिने छ ।

त्यस्तै महोत्सवको उद्घाटन लुम्विनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको उनले बताए । उद्घाटन सत्रमा संघीय सांसद तथा प्रदेश सांसद र स्थानीय जनप्रतिनीधिहरुको समेत सहभागिता रहने महोत्सवक मुल आयोजक समितिका संजोजक चौधरीले बताए । विच विचमा मघौटा नाच र स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । त्यस्तै महोत्सवको दोस्रोदिन थारु पाँच दर्जन भन्दा बढि मघौटा, छोक्रा, हुर्डुङ्या नाच र स्थानीय कलाकार सहितको प्रस्तुति रहने छ ।

‘आर्थिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक संमृद्धिम हमार योगदान’ भन्ने नारा सहित आयोजना हुने महोत्सवको मुख्य आकार्षण मघौटा, छोक्रा, हुर्डुङ्या लगायत पाँच दर्जन भन्दा बढि नाच प्रस्तुति हुने चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराए । त्यस्तै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रर्दशनीको लागि राखिने उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङघी, माछा, गंगटा लागयत परिकारहरु समेत विक्रिवितरणको लागि राखिने छ ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित