पवन चौधरी
दाङ, तुलसीपुर उपमहानगरपालिका–५, बाहिनी चोककी ३७ वर्षीया मृगौला पीडित बिन्दु चौधरीलाई इटालीमा बस्ने नेपालीहरूले ७७ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
लामो समयदेखि मृगौला रोगसँग संघर्ष गरिरहेकी चौधरी उपचार खर्च अभावका कारण समस्या भोग्दै आउनुभएको छ । आर्थिक अवस्था नाजुभएकाले उहाँके परिवारले आर्थिक सहयोगका लागि अपिल गरेपछि इटालीमा रहेका नेपालीहरूले नेपाली ७७ हजार ९३ (५३५ युरो) संकलन गरी पठाएको इटालीबाट पवन चौधरीले जानकारी दिनुभयो ।
उक्त सहयोग संकलनमा छ्म्म शिरीष, अमित खड्का, प्रतिमान पुन मगर, जय जगत मगर, कृष्ण प्रसाद खनाल, भिम बिष्ट, रबिन मगर, रामकुमार मगर, जित कुमार बुढा मगर, प्रेम पुन, सिमा गुरुङ, रविन गुरुङ, बुद्धिराम चौधरी, बिजय मगर, प्रदीप राना, सुशील बस्नेत, देब पौडेल, शिशिर लिम्बु, टेक महत्तो, किसुनी चौधरी, शशी कुमार लामा, निता गुरुङ, पवन चौधरी, लावती बुद्ध, गणेश गुरुङ, राकेश गुरुङ, सहिल लामा, दमर नाथ, सुरेन्द्र सिंह ठगुन्ना, लक्षमण बुढा छेत्री, मनिष सुनवार र लेख्नात रेग्मीको योगदान रहेको छ ।
यसैबीच, मृगौला पीडित चौधरीले आफ्नो उपचारका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको छ । उहाँको अनुसार, बायाँ मृगौला निकालिएको र दायाँ मृगौलामा समस्या देखिएपछि तत्काल उपचार आवश्यक छ । तर, आर्थिक अभावका कारण उपचार सम्भव नभएकाले सहयोगी हातहरू अघि बढ्न उनले आग्रह गर्नुभएको छ ।
यदि, सहयोग गर्न चाहनेले सिभिल बैंकमा रहेको मृगौला पीडित बिन्दु चौधरीको खाता नं. ०४४१०४९४०३१०१७ वा सम्पर्क नं. ९८०९७०३४७७ मा सम्पर्क गरी सहयोग प्रदान गर्न सकिनेछ ।