थारु पत्रकारहरुको लागि अनलाईन पत्रकारिता तालिम सुरु


घोराही, २५ जेठ । थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने आधारभुत अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअल मार्फत आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको हो ।


थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा तथा सल्लाहकारद्धय डा. कृष्णराज सर्वहारी, लक्की चौधरीको विशेष उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो

तीनदिनसम्म चल्ने आधारभुत पत्रकारिता तालिममा नेपालमा थारु संचारको अवस्था, इतिहास र सम्भावना को विषयमा डा. कृष्णराज सर्वहारी, नेपाली पत्रकारितको शैली र न्यूज मिडियाको विषयमा लक्की चौधरी, फिल्ड रिर्पाेटिङ कसरी गर्ने र संकटको वेलामा पुर्व तयारी कसरी बारेमा ठाकुरसिंह थारु र पत्रकारिताको आचारसंहिताको विषयमा डण्ड गुरुङले सहजीकरण गर्ने संघको महासचिव सन्तकुमार चौधरीले जानकारी दिए ।


त्यसैगरि समाचार के हो ? श्रोत कसरी खोज्ने विषयमा पार्वता चौधरी, अनलाइन पत्रकारिताको विषयमा उन्नति चौधरी, आमसंचारको विषयमा, सन्तकुमार चौधरी र गुगल टुलको उपयोगिता र महत्व विषयमा दुर्गा चोधरीले सहजीरकण गर्नेछन् ।
अनलाइन पत्रकारिता तालिममा तराइका २४ जिल्लार विदेशमा बस्ने थारु पत्रकार गरि ७० जनाको सहभागिता रहेको तालिम व्यवस्थान समितिका सदस्य कारो महतोले जानकारी दिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित