महोत्सवको उद्घाटन प्रदेश मन्त्री चौधरीले गर्ने

घोराही, २२ पुस । यहि पुस २५ गतेदेखि २८ गतेसम्म दाङको घोराहीमा हुन गइरहेको माघ साँस्कृतिक महोत्सव–२०७६ को उद्घाटन प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले गर्ने भएकाछन् । माघ साँस्कृतिक महोत्सव–२०७६ मुल आयोजक सचिवालय समितिको मंगलबार विहान घोराहीमा बसेको बैठकले मन्त्री चौधरीलाई बोलाउने निर्णय गरेको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए ।
यसैगरि महोत्सवमा प्रतिनीधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्यहरु लगायत जनप्रतिनीधि तथा विभिन्न दलका प्रमुख तथा प्रतिनीधि, उद्योग व्यापारीहरुको विशेष सहभागिता रहेने आयोजक संस्थाले जानकारी दिएको छ ।
‘सामाजिक जागरण व साँस्कृतिक रुपान्तरण हमार अभियान, न्याय सहितके संमृद्धिक लाग हमार अभियान’ भन्ने मुल नारा सहित अयोजना हुन लागेको महोत्सव उद्घाटनको दिन घोराही विभिन्न समुदायको परम्परागत कला संस्कृति झल्किने झाँकी सहित बजार परिक्रम गर्ने तयारी रहेको प्रचारप्रसार समितिका संयोजक दहितले बताए । चार दिनसम्म हुने महोत्सवमलाई भब्य रुपमा सम्पन्न गर्नका लागि दाङ उद्योग बाणिज्य संघ लगायत जिल्लामा रहेका विभिन्न संघसस्थाहरुले प्रतिबद्धता समेत ब्यक्त गरिसेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित