शैक्षिक सुधारको लागि अभिभावकहरु बढि जिम्मेवार हुनुपर्छ:सांसद वली

दाङ, १४ माघ । प्रदेश सभा सांसद विमला वलीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने बताएकि छिन् । पछिल्लो समय सामुदायिक विद्यालय खस्कदै गएको अवस्थामा सबै तहबाट लाग्नुपर्ने उनको धारण थियो । सांसद वलीले भनिन्–“स्थानीय सरकार आईसकेपछि सामुदायीक विद्यालयको अवस्था केहि मात्रामा सुध्रिदै गएको छ । थप यसको ब्यवस्थापनका लागि भौतीक पूर्वाधारका लागि मैले प्रदेश सरकारबाट हुने सहयोगको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु ।” तुलसीपुर उपमहानगरपालीका वडा न. २ मा रहेको रतननाथ बार प्रावि पोटलीको सोमबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै सांसद वलीले यस्तो बताएकि हुन् ।


यस्तै सांसद वलीले बबई गाउँपालिका झारगजेरीमा निर्मीत शिव माया मन्दिरको उद्घाटन गरेकि छिन् । उनले एक कार्यक्रमका बिच रीवन काटेर मन्दिरको उद्घाटन गरेकि हुन् । बुझौना चौधरीको ब्यक्तिगत र केहि जनश्रमदानबाट निर्माणाधिन मन्दिरको उद्घाटन गर्दै सांसद वलीले मन्दिरको पर्खाल निर्माण देखि अरु भौतीक निर्माणका लागि थप आफनो तर्फबाट सहयोग गर्ने बताएकि थिइन् ।
यसैबिच सांसद वलीले सीचाईको समस्या भएको गुनासो सुनेपछि पोटली र कुमलगडि जोड्ने कुलोको अध्ययन अवलोकन गरेकि छिन् । सिचाई बाट बञ्चित रहेको भन्दै पोटलीबासीहरुले गुनासो गरेपछि भत्कीएको कुलोको ड्याम बाध्ने र सिचाई प्रक्रियालाई सुचारु गर्ने कार्यलाई अगाडि बढाउँन आग्रह गरिन ।

दिप्तीशिखा चौधरी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित