नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति दाङको उपाध्यक्षमा अग्रासनको सम्पादक कुलविर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
परिषदको आठौं जिल्ला अधिवेशनले चौधरीलाई उपाध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । यस्तै परिषदको अध्यक्षमा तिर्थराज न्यौपाने चयन हुनुभएको छ ।
त्यस्तै परिषदको उपाध्यक्षमा कुलबिर चौधरी, सचिवमा महेन्द्र भण्डारी, उप सचिव नारायण पौडेल र कोषाध्यक्षमा राजेन्द्र गौतम चयन हुनभएको छ ।

यसैगरी सदस्यहरुमा किशोर खड्का, वीरेन्द्र महरा, अम्बिका विष्ट रावत, खगेश्वर पौडेल, नारायण पोख्रेल, युवराज ज्ञवाली, पदमप्रसाद आचार्य र गणेश लम्साल रहनुभएके छ । परिषद नेकपा एमालेको जनवर्गिय संगठन हो ।