कलाकारको चरित्र हत्या गर्नेलाई सामाजिक वहिष्कार गर्ने मंचको चेतावनी

घोराही, १२ साउन । थारु कलाकारको मानहानी तथा लाञ्छना लगाई चरित्र हत्या गर्नेलाई कानुनी कार्वाही सहित सामाजिक वहिष्कार गर्ने राष्ट्रिय थारु कलाकार मंचले चेतावनी दिएको छ । सोमवार राष्ट्रिय थारु कलाकार मंचका केन्द्रीय अध्यक्ष विनय वैद्यले एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले विज्ञप्ती मार्फत भनेकाछन्, ‘थारु कलाकारहरु थारु समुदायको लागि गहना हुन्, तर हालको परिप्रेक्षमा २÷४ जनाको समुह मिलि आफ्नो व्यक्तिगत रिसिबी निहित स्वार्थको लागि तथा कलाकाहरुप्रति वितृष्णाको भाव राखी कुनै एक कलाकारलाई निसाना गरि कलाकारको मानहानी तथा लाञ्छना लगाई चरित्र हत्या गर्ने प्रयोजनले विभिन्न सामाजिक संजालमा समाजलाई आपाच्य हुने खालका सामग्रीहरु पोष्ट गर्ने र व्यक्तिलाई मानसिक यातना दिने कार्य भैरहेकोमा राष्ट्रिय थारु कलाकार मंचको ध्यानकर्षण गएको छ ।’


त्यसैगरि थारु कलाकार र हाम्रो समाज माथिनै प्रहार गरेको आभास मंचले गर्दछ विज्ञप्तीमा उल्लेख छ । अब उपरान्त यी र यस्ता घृणित तथा निन्दनीय कार्य गर्ने जो कोहीलाई पनि मंचको सकृयतामा कानुनी उपचार स्वरुप त्यस्ता अपराधिक गतिवीधि गर्नेलाई कानुनी कठघरामा उभ्याई कानुनी सजाय तथा सामाजिक वहिष्कार गर्ने चेतावनी दिन्छौं, उनले विज्ञप्तीमा भनेकाछन्।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित