घोराही उपमहानगरपालिको मेयर र उपमेयरमा एमाले अगाडि

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ ।

३६ हजार ३१ मत गणना गर्दा मेयरमा नरुलाल चौधरीले आफ्नो प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का हेमराज शर्मालाई १ हजार ८२८ मतले पछाडी पारेकाछन् । चौधरीले १३ हजार १ मत पाएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का शर्माले ११ हजार १७४ मत प्राप्त गरेकाछन् ।

उपमेयरमा पनि एमालेले अग्रता कायम गरेको छ । एमालेकी हुमा डिसीले १२ हजार ५२२ मत पाएकी छन् । उनले गठबन्धन (नेपाली कांग्रेसका) उम्मेदवार भुपबहादुर डाँगीलाई ७२ मतले पछाडि पारेकीछन् । डाँीले १२ हजार ४४५ मत प्राप्त गरेका छन्

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित