घोराही उपमहानगरपालिको मेयर र उपमेयरमा एमाले अगाडि

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ ।

३६ हजार ३१ मत गणना गर्दा मेयरमा नरुलाल चौधरीले आफ्नो प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का हेमराज शर्मालाई १ हजार ८२८ मतले पछाडी पारेकाछन् । चौधरीले १३ हजार १ मत पाएका छन् भने उनको प्रतिस्पर्धी गठबन्धन (नेकपा माओवादी केन्द्र ) का शर्माले ११ हजार १७४ मत प्राप्त गरेकाछन् ।

उपमेयरमा पनि एमालेले अग्रता कायम गरेको छ । एमालेकी हुमा डिसीले १२ हजार ५२२ मत पाएकी छन् । उनले गठबन्धन (नेपाली कांग्रेसका) उम्मेदवार भुपबहादुर डाँगीलाई ७२ मतले पछाडि पारेकीछन् । डाँीले १२ हजार ४४५ मत प्राप्त गरेका छन्

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित