मुख्यमन्त्री पाख्रेलले दिए, थारु समुदायलाई अट्वारीको शुभकामना सन्देश


वुटवल, १४ भदौ । मुख्यमन्त्री शंकर पोख्रेलले थारु समुदायको महान पर्व बड्का अट्वारीको अवसरमा सम्पुर्ण थारु समुदालाई शुभकामना सन्देश दिएकाछन् । उनले अट्वारीको पुर्व सन्ध्यमा एक विज्ञप्ती जारीगरि थारु समुदायको महानपर्व बड्का अट्वारीको अवसरमा सम्पुर्ण थारु समुदायमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकाहुन् ।
उनको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल बहुभाषिक र बहुजातीय मुलुक हो । विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । कुनै समुदायका सांस्कृतिक उत्सव र पर्व अहिले कुनै जाति र समुदाय विशेषका मात्रै नभएर सबैको साझा बन्दै जानु हाम्रो समाजका लागि सुखद विषय हो ।’
यसैगरि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको छ । संवैधानिक रुपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरि मुख्यमन्त्री पोख्रेल विज्ञप्तीमा भनेकाछन्, –‘अहिले मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा छ । संविधान कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जानेछन् ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित