विकासको योजना नेताको होइन जनताको हुनुपर्छ : नगरप्रमुख पाण्डे

तुलसीपुर, ५ फागुन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विकासका योजनाहरु नेताको भन्दा पनि जनताको हुनुपर्ने वताएका छन् । वास्तविक आवश्यकताको वारेमा जनतालाई धेरै कुराको ज्ञान हुने भएकाले उनले जनताबाटै योजनाहरुको रेखांकन गर्नुपर्ने कुरामा जोड दिए । “तपाईको ठाउँ कस्तो वनाउने तपाईको अधिकारको कुरा हो ” उपमहानगरपालिका भित्रका विभिन्न टोल विकास समिति, शैक्षिक संस्था लगायतका विभिन्न संघसंस्थाको सहभागितामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख पाण्डेले योजना वनाउँदा क्षणिक समयका लागि मात्रै भन्दा पनि दीर्घकालिन प्रभाव पार्ने खालका हुनुपर्ने उनको भनाई थियो । “हामी भोलि कहाँ जाने भन्ने होइन २५ वर्षपछी कहाँ पुग्ने भन्ने सोचर योजनाको निर्माण गर्नुहोला” उपमहानगरपालिकाले आयोजना गरेको रणनीतिक योजना निर्माण सम्वन्धि कार्यक्रममा वोल्दै उनले भने ।
साथै नगरप्रमुख पाण्डेले वेलझुण्डीमा हुन थालेको प्रदेश एक्स्पो दाङ्गका लागि अवसर भएको वताएका छन् । प्रदेशभरिका जनताहरु आउने भएकाले दाङ्गलाई चिनाउनका लागि एक्स्पो महत्वपूर्ण माध्यम भएको उनको भनाई थियो । उपमहानगरपालिकाले तुलसीपुर भित्रका विभिन्न टोल विकास संस्था, विद्यालय, सामाजिक संघसंस्था लगायतका विभिन्न व्यक्तिसँग एक्स्पोको तयारीका वारेमा गरेको छलफल कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले सबैको सहकार्यबाट मात्रै एक्स्पोलाई भव्य वनाउन सकिने कुरामा जोड दिए । “हामीले गरेका राम्रा कामहरु देखाउनका लागि यो महत्वपूर्ण अवसर हो ” नगरप्रमुख पाण्डेले भने । उनले यस क्षेत्रको शिक्षा, कृषि, उद्योग,कला र संस्कृतिको उत्थानका लागि एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने समेत वताए । उनले घर निर्माण गर्दा नक्सा पास अनिवार्य रुपमा गर्नै पर्ने भएको भन्दै नक्सा पास नगरेर निर्माण गरिएका पुराना घरधनीहरुलाई केही समय दिइने समेत वताए ।
कार्यक्रममा वोल्दै उपप्रमुख माया शर्माले जनताका आवश्यकतालाई पहिलो प्राथमिकता दिएर काम अगाडि वढाएको वताइन् । उनले उपमहानगरपालिकालाई कस्तो वनाउने भन्ने कुरा जनताबाट छानिएर आउनुपर्ने वताइन् । वडा नम्वर ६ का विरेन्द्र वुढामगरले वजेट र योजना विनियोजनमा जनतालाई पनि साथमा राखेकोमा खुसी व्यक्त गरेका थिए । त्यस्तै रुपकली कँडेलले नगरलाई समृद्ध वनाउनका लागि जनताका योजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिइन् ।
उक्त कार्यक्रममा सहकारी समितिका संयोजक टोपवहादुर केसी, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, सामाजिक विकास समिति संयोजक कुमार लामिछाने लगायतले समितिले गर्ने कामका वारेमा जानकारी गराएका थिए भने इन्जिनियर पवन योगीले नक्सापासको प्रक्रियाका वारेमा वताएका थिए । सुशासन समिति संयोजक सुर्यवहादुर डाँगीको संयोजकत्वमा भएको कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख अनन्त गौतमले गरेका थिए ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित