
काठमाडौँ, २४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालको तर्फबाट पुरुष फुटबलमा नेपाल चौथो च्याम्पियन बनेको छ । मंगलबार दंशरथ रंगशालामा भएको पुरुष फुटबल खेलमा भुटानलाई २/१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको हो ।
नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।