साग फुटबलमा नेपाल चौथो पटक च्याम्पियन

काठमाडौँ, २४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपालको तर्फबाट पुरुष फुटबलमा नेपाल चौथो च्याम्पियन बनेको छ । मंगलबार दंशरथ रंगशालामा भएको पुरुष फुटबल खेलमा भुटानलाई २/१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको हो ।

नेपालको जितका लागि अभिषेक रिजाल र सुनिल बलले १/१ गोलको योगदान गरे । खेलको १६ औँ मिनेटमा अभिषेकले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसपछिभुटानका कप्तान चेन्चो ग्यालसेनले ३६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । फेरि नेपालका तर्फबाट ५३औँ मिनेटमा सुनिलले अर्को थपेपछि नेपाल जितको अवस्थामा पुगेको थियो । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ ।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित