स्वर्गद्वारी गुठीपीडित किसान हलो र जुवा बोकेर प्रदर्शनमा

स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर प्रदर्शन गरेका छन्।

उनीहरूले बिहीबार घोराही बजारमा प्रदर्शन गरेका हुन्। गुठी जग्गा रैकर गर्नुपर्ने र मोही अधिकारलाई कार्यान्वयन गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा छन्।

गत सातादेखि उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिंदै आएका छन्। माग सम्बोधन गर्न सरकारले वास्ता नगरेको स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।

माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ। “अहिले शान्तिपूर्ण आन्दोलनमा छौं, माग सुनुवाइ नभए आन्दोलनको स्वरूप फेर्छौं,” अध्यक्ष चौधरीले भने।

पटक पटक आन्दोलन गर्दा पनि राज्यले माग पूरा नगरेको चौधरीले बताए। गत शुक्रबार उनीहरूले जिल्ला प्रशासन, जिल्ला प्रहरी, नापी शाखा, शिक्षा समन्वय समिति लगायत सरकारी कार्यालयमा घेराउ गरेका थिए।

अग्रासन खबर

अग्रासन खबर डटकम ‘लौव अग्रासन’ साप्ताहिक पत्रिकाको डिजिटल संस्करण हो। वि.सं. २०६५ मंसिर २४ गतेदेखि दाङको घोराहीबाट हरेक मंगलबार साप्ताहिक रूपमा प्रकाशित हुँदै आएको अग्रासन थारू भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित पत्रिका हो।
प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित