निर्माण व्यवसायी भण्डारीद्वारा काँग्रेस त्याग


दाङ, ६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य पूर्ण बहादुर भण्डारीले नेपाली काँग्रेस परित्याग गरेेकाा छन् ।मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै भण्डारीले नेपाली काँग्रेस त्याग गरेको घोषणा गरेेेेेेेकाहुन् ।

संचारमाध्यममा प्रेसित प्रेस विज्ञप्तीमा निर्माण व्यवसायी भण्डारीले आफू प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि लागिरहेको र नेपाली काँग्रेसको सक्रिय सदस्यका रुपमा कार्यरत रहेको भएपनि नेपाली काँग्रेसले समृद्धिको नेतृत्व गर्न नसक्ने देखेर पार्टी छोड्नुु परेको उल्लेख गरेकाछन् ।

समृद्ध नेपालको निर्माणको सपना पुरा गर्नका लागि नेपाली काँग्रेसले खेल्नुपर्ने जति भूमिका खेल्न नसक्दा दुःख लाग्ने गरेको छ भन्दै भण्डारीले लामो इतिहास बनाएको पार्टीले समृद्धीको यात्रामा आफूलाई होम्नुको साटो दिशाविहीन जस्तो हुनु विडम्वनाको विषय भएको बताएका छन् ।

‘लामो समयदेखि विकास र समृद्धिको आशामा रहेका म जस्ता थुप्रैलाई नेपाली काँग्रेसमा बसिरहन मन नलाग्ने अवस्था पैदा भएको छ । यस्तो अवस्थामा नेपाली काँग्रेसमा बसिरहँदा समृद्धीको यात्रामा अवरोध हुनेछ भन्ने मेरो ठम्याई रहेको छ’ भण्डारीले भनेेेका छन् ।
जुद्ध एण्ड पूर्ण निर्माण सेवाका प्रोपाइटर समेत रहनुभएका निर्माण व्यवसायी भण्डारीले आजैका मितिदेखि नेपाली काँग्रेसको साधारण सदस्यता समेत त्याग गर्दै स्वतन्त्र नागरिकका हिसैयतमा जीवन यापन गर्ने र पेशा व्यवसाय अंगाल्ने बताएका हुन्।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित