दाङ घोराहीमा एककरोड लगानीमा नयाँ रिर्सोट संचालनमा


घोराही, २६ कार्तिक । स्थानिय परिकारलाई प्रवद्धन गर्ने उद्देश्यले दाङको घोराहीमा नयाँ रिर्साेट संचालनमा आएको छ । करिब एक करोडको लागतमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ सानिमाअम्वापुरमा बुधवारदेखि देखि हस्पिटालिटी ग्रुपले कविला रिर्साेट संचालनमा ल्याएको हो ।

जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट संचालनमा ल्याएको कविला हस्पिटालिटी ग्रुपका अध्यक्ष केबी चौधरीले जानकारी दिए । स्थानीय अर्गानिक र हाईजनिक परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य रहेको उनले बताए । खासगरि सुदरमुकामका आन्तरिक पर्यटक होस या बाह्य पर्यटक सवैले थारु परिकार भएको रिसोर्ट खोज्ने भएकोले ती ग्राहकलाई लक्षित गरेर हामीले विशेष थारु परिकार र अन्य परिकार सहित कविाल रिर्साेट संचालनमा ल्याएको अध्यक्ष चौधरीले जानकारी दिए ।

उनका अनुसार रिर्सोटमा थारु परिकार ढिक्री, अन्डी चामलको रोटी, सुंगुर, लोकल कुखुरा, बधिया भाले, हाँस, खसी, मुसाको मासु, माछा, गंगटा, घोङ लगायत स्थानीय उत्पादनको परिकार रहने छ ।

करिब ७ कठ्ठाको क्षेत्रफलमा संचालित रिर्साेट अबको केहि महिनामा ३०० जना सहभागी अटाउने क्षमता भएको एसि सहितको सेमिनार गोष्ठीहल पनि संचालनमा ल्याउने रिर्सोटको डाइरेक्टर विकास चौधरीले बताए । तत्काललाई खाजा, नास्ता, र मिनी सेमिनार गोष्ठी कार्यक्रम गर्नलाई सुरुवाट गरिएता पनि केहि दिनमा बास बस्नका लागि सुविधा सम्पन्न एसि रुम सहित सुविधा प्रदान गर्ने उनले जानकारी दिए । अहिले पूर्वाधार निर्माणकै क्रममा रहेकाले ढिलामा फागुन चैतसम्म उक्त सुविधाहरु संचालनमा आउने उनको भनाइथियो ।

यसैगरि बजारको होटेल भन्दा सस्तो, सुलभ शान्त बातावरणमा भएकाले आफूहरुले ग्राहकको मन जित्न सक्ने रिर्सोट संचालनक भुवन चौधरीले बताए । ‘तत्काललाई एक करोडको लगानीमा सुरु गरिएता पनि हाम्रो लक्ष्य पाँच करोडको सुविधा सम्पन्न रिर्साेट संचालन गर्ने हो, उनले भने,—कोरोनाको कारणले भौतिक पूवार्धार निर्माणमा केहि ढिलाई भएको छ, विस्तारै यसको लगानी बढने र रिर्सोटका अन्य सुविधा पनि बढाउदै जान्छौं ।’

यसैविच कविला रिर्साेटको विधिवत रुपमा उद्घाटन लुम्विनी प्रदेश सभाका सदस्य अम्मरबहादर डाँगीले गरेकाथिए । रिर्सोटको उद्घाटन गर्दै प्रदेश सभा सदस्य डाँगीले स्थानीय परिकार, कला, संस्कृतिको प्रवद्धन संगै पर्यटनको विकासमा कविला रिर्सोटले थप सहयोग पुगाउने कुरामा आफु विश्वस्त रहेको बताएकाथिए ।

कविला हस्पटालिटी ग्रुपका अध्यक्ष केवि चौधरीको अध्यक्षतामा भएको रिर्साेट उद्घाटन कार्यक्रममा घोराही उपमहनगरपालिका वडा नं. १६ का वडा अध्यक्ष तारा डाँगी , दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव तथा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियाशन, दाङ होटेल व्यवसायी संघका अध्यक्ष रुद्र डाँगी लगायतले शुभकनमा मन्तव्य व्यक्त दिएकाथिए । रिर्सेटका डाइरेक्टर विकास चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण भुवन चौधरीले गरेकाथिए ।

सन्तोष दहित

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित