स्पाईनल कर्ड इन्जुरीबाट पीडित चौधरीलाई थप ६ हजार बढि सहयोग

दंगीशरण, २२ भदौ । स्पाईनल कर्ड इन्जुरीबाट पीडित तीलक चौधरीको उपचारको लागि विभिन्न व्यक्तिहरुले सहयोग गरेकाछन् । २०४८ एस.एल.सीकाे व्याजमा चाैधरीसंगै पढेका उनका साथीहरू पुष्पा केसी बस्नेतले ५ हजार १ सय १६ रुपैया र शंकर शर्माले १ हजार १ सय ५ रुपैया सहयोग गरेका हुन् ।

सोमबार पीडित चौधरीको निवासमा पुगेर तीलक चौधरी बचाउ अभियानका सदस्य शंकर शर्माले उक्त रकम हस्तान्तरण गरेकाथिए । रकम बुझ्दै पीडित चौधरीले आफ्नो उपचारको लागि सहयोग गर्ने सम्पुर्ण सहयोगि मनहरुलाई धन्यवाद दिदै आफुलाई बचाउनका लागि सबैसंग सहयोग गर्न समेत अपिल गरेकाथिए । आफ्नो उपचार पछि निको भएमा बाँकी जिवन सामाजिक सेवा लाग्ने समेत उनले उद्घोष गरेकाथिए ।

तीलक चौधरी बचाउ अभियानमा लागेका शर्माले अहिलेसम्म विभिन्न व्यक्ति, संघसस्था मार्फत करिब २ लाख बढि रकम पीडित चौधरीलाई हस्तान्तरण गरिसकेको जानकारी दिए । चाैधरीकाे उपचारका लागि उनिसंगै २०४८ काे एस.एल.सी दिएका विद्यार्थीहरुले सहयोग गर्दै आएकाछन् । आर्थिक अभावको कारण चौधरी ८ बर्षदेखि ओछ्यानमा पल्टिरहेकाछन् ।

उनको उपचारको लागि करिब १८ लाख रुपैया लाग्ने भएकोले तीलक चौधरी बचाउ अभियानका सदस्य शर्माले सवैलाई सहयोग गरिदिन अपिल गरेकाछन् ।

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

भर्खरै प्रकासित