लकडाउनमा व्यवसायिक तरकारी खेतिमा दंगीशरणका दुइ युवाहरु (फोटोफिचर सहित)

घोराही, ३ वैशाख । विश्वभर महमारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अहिले देश पूर्णरुपले लकडाउनमा छ । तर लकडाउनको बाबजुदपनि दंगीशरण गाँउपालिका -२, सरुवाडाँडाका दुइ युवाहरु भने यतिबेला तरकारीबारीमा ब्यस्त छन् । एघार जना युवाहरुहरु मिलेर सिर्जनशील युवा कृषि समुह मार्फत उनिहरु सामुहिक् रुपमा व्यवसायिक तरकारी खेति गर्दै आएकाछन् ।

सिर्जनशील युवा कृषि समुहका अध्यक्ष सिएम विश्वकर्माले आफुहरुले लकडाउनको बाबजुदपनि तरकारी खेतिमा लागिरहेको बताए । सरकारले गरेको लकडाउनको पुर्णरुपमा पालन गर्दै उच्च सर्तकताका साथ व्यवसायिक तरकारी खेतिमा लागि परेका विश्वकर्माले बताए । ‘तरकारी गोडमेल देखि लिएर हरेक काममा सामाजिक दुरी कायमगरि उच्च सर्तकताका साथ काम गरिरहकाछौं, उनले भने,-हाम्रो समुहमा विभिन्न टोलका ११ जना युवाहरु छौं, तर लकडाउनका कारण अहिले उहाँहरु आउन सक्नु हुदैन त्यसैले समुहका सचिव सुदिप विक र म गरिरहेकाछौं, र हामीलाई हाम्रो दुइ घरपरिवारले सघाइरहनुभएको छ । ।’

राष्ट्रिय युवा परिषद् समिति दाङ र दंगीशरण गाउँपालिको आर्थिक सहयोगमा दंगीशरण गाउपालिका-२, सरुवाडाँडामा करिब एक विघा जमिन लिजमा लिएर उनिहरु तरकारी खेति गरिरहेकाछन् । समुहका अध्यक्ष विश्वकर्माको अनुसार अहिले बोडि, काक्रा, गोलभेडा, खुर्सानी, लौका, करेला, साग, मुला लगायत व्यवसायिक तरकारी खेति भइरहेको छ । ‘हाम्रो व्यवसायिक तरकारी खेतिको लागि राष्ट्रिय युवा परिषद्ले विना ब्याजको ५ लाख ऋण उपलब्ध गराएको छ, उनले भने,-तर यो ऋण पाँ बर्ष भित्र तिरी सक्नुपर्ने छ ।’

अग्रासन खबर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भर्खरै प्रकासित